नियम ५
उपसमिति गठन गर्न सक्ने
(१) समितिले आफूले गर्ने कार्यसम्पादनमा सहयोग गर्न आवश्यकता अनुसार समितिको कुनै सदस्यको संयोजकत्वमा सेवा सञ्चालन गर्ने निकायसमेतको प्रतिनिधित्व हुने गरी उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्यावधि समितिले तोकेबमोजिम हुनेछ ।